डा. युवराज खतिवडा अर्थमन्त्री, गृह, रक्षा र उद्योगमन्त्री क्रमश: थापा, पाेखरेल र यादव

<p>काठमाडौं । डा. युवराज खतिवडा अर्थमन्त्री भएका छन्।  त्यस्तै,  ईश्वर पोखरेल रक्षा मन्त्री, रामबहादुर थापा गृह मन्त्री र मातृका यादव उद्योग, वाणिज्य तथा आपूर्ति  बनेका छन् । अर्थमन्त्री डा खतिवडा पहिलोपटक मन्त्री बनेका हुन्। यसअघि, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैंकका गभर्नरसमेत रहेका डा खतिवडा वाम गठबन्धन सरकारको अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न लागेका हुन् । [&hellip;]</p>

काठमाडौं । डा. युवराज खतिवडा अर्थमन्त्री भएका छन्।  त्यस्तै,  ईश्वर पोखरेल रक्षा मन्त्री, रामबहादुर थापा गृह मन्त्री र मातृका यादव उद्योग, वाणिज्य तथा आपूर्ति  बनेका छन् ।

अर्थमन्त्री डा खतिवडा पहिलोपटक मन्त्री बनेका हुन्। यसअघि, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैंकका गभर्नरसमेत रहेका डा खतिवडा वाम गठबन्धन सरकारको अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न लागेका हुन् ।

यस्तै, गृहमन्त्री बनेका थापा तत्कालीन प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा रक्षा मन्त्री थिए ।

एमाले अध्यक्ष केपी ओलीले खतिवडालाई अर्थमन्त्री बनाउने निर्णय गरेका हुन् । ईश्वर पोखरेल पछि हटेपछि खतिवडालाई अर्थमन्त्री बनाउन लागिएको प्रधानमन्त्री केपी ओलीका राजनीतिक सल्लाहकार बिष्णु रिमालले बताए ।

अर्थमन्त्री बनाउनकै लागि खतिवडालाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरिएको थियो । तर सर्वाेच्च अदालतले राष्ट्रिय सभा सदस्यको सपथ भने नगराउन अन्तरिम आदेश दिएको छ । संघिय संसदको सदस्य नरहेको व्यक्तिलाई मन्त्री बनाउँदा ६ महिना भित्र संघिय संसदका सदस्य बनाउनुपर्ने सबैधानिक व्यवस्था रहेको छ ।

अर्थमन्त्री बन्न लागेका डा. खतिवडा प्रधानमन्त्री केपी ओलीको गृह जिल्ला झापाका हुन् । उनी यस अघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकको गभर्नर बनिसकेका छन् । खतिवडालाई मौद्रिक अर्थतन्त्रको जानकारी मानिन्छ ।

Share News