
काठमाडौं । राजधानीको पुतलिसडकस्थित सेयर मार्केट कम्प्लेक्समा रहेको सीडीएस क्लियरिङ हाउस लिमिटेडको सेयर डाटा सुरक्षित रहेको छ ।
आगलागीबाट सीडीएसको कार्यलयमा कुनै क्षति नभएको प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले बताए ।
भवनको चौथो तलामा रहेको एनआइसी ट्रेडिङ सेन्टरमा आज बिहान ९ः३० बजे आगलागी भएको हो ।
घटनास्थलमा नेपाली सेना, प्रहरी र स्थानीयवासी आगो निभाउने कार्यमा खटिएका छन् । बिजुली सर्ट भएर आगलागी भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ ।