पुतली सडकको सेयर मार्केट कम्प्लेक्समा आगो लाग्यो (भिडियाेसहित)

<p>काठमाडौं । पुतलीसडकस्थित शेयर मार्केट भवनमा आगलागी भएको छ । उक्त भवनको चौथो तलामा रहेको एनआइसी ट्रेडिङ सेन्टरमा आज बिहान ९ः३० बजे आगलागी भएको हो । अढाइ घण्टा बित्दासमेत आगो नियन्त्रणमा आउन सकेको छैन । अहिले चारवटा दमकलद्वारा आगो निभाउने प्रयास जारी छ । घटनास्थलमा नेपाली सेना, प्रहरी र स्थानीयवासी आगो निभाउने कार्यमा खटिएका छन् । बिजुली [&hellip;]</p>

काठमाडौं । पुतलीसडकस्थित शेयर मार्केट भवनमा आगलागी भएको छ । उक्त भवनको चौथो तलामा रहेको एनआइसी ट्रेडिङ सेन्टरमा आज बिहान ९ः३० बजे आगलागी भएको हो ।

अढाइ घण्टा बित्दासमेत आगो नियन्त्रणमा आउन सकेको छैन । अहिले चारवटा दमकलद्वारा आगो निभाउने प्रयास जारी छ ।

घटनास्थलमा नेपाली सेना, प्रहरी र स्थानीयवासी आगो निभाउने कार्यमा खटिएका छन् । बिजुली सर्ट भएर आगलागी भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ ।

सेयर मार्केट्स कम्प्लेक्समा तीन वटा वाणिज्य बैंकका शाखा, फाइनान्स, सिडिएस एण्ड क्लियरिङ हाउस लगायतका दर्जनौं कार्यालयहरू रहेका छन् ।

अागलागीसँगै उक्त भवनमा रहेकाे ग्लाेवल अार्इएमर्इ, प्रभु,  सिद्धार्थ बैंकका शाखा र सिडिएस एण्ड क्लियरिङ हाउसमा रहेकाे डाटाकाे सुरक्षामा चिन्ता व्यक्त गरिएकाे छ ।

सेयर बजारकाे सबै डिजिटल डाटा रहेकाे सिडिएसकाे डाटा भने सबै सुरक्षित रहेकाे  सिडिएस ए्ण्ड  क्यियरिङका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले बताए।

‘डाटा सबै  सिहदरवारमा रहेकाेले सुरक्षित रहेका छन् । काराेबार सेटलमेन्टमा केही  ढिला हुन्छ’ गुप्ताले  विकासन्युजसँग भने ।

आगलागिका कारण पुतली सडक हुँदै चल्ने सम्पुर्ण यातायात सेवा बन्द भएको छ । घटनाको क्षतिको विवरण आउन बाँकी रहेको छ ।

Share News