काठमाडाैं। कुनै बेला गरिबका छोरा छोरी अध्ययन गर्नेे क्याम्पसका रुपमा परिचित राजधानीको रत्नराज्यलक्ष्मी क्याम्पस(आर.आर.) अहिले सबै भन्दा महंगो भएको छ ।
राजधानीमा मानवीकी संकाय र शिक्षा शास्त्र संकाय अध्ययन गराउने त्रिभुवन विश्व विद्यालयका आंगिक क्याम्पसहरुमध्ये आर. आर. क्याम्पस सबैभन्दा बढी महंगो देखिएको हो ।
रत्नराज्यलक्ष्मी क्याम्पस, सरस्वती बहुमुखी क्याम्पस, पाटन सयुक्त क्याम्पस, महेन्द्ररत्न क्याम्पस, त्रिचन्द्र बहुमुखी क्याम्पस र पद्यमकन्या बहुमुखी क्याम्पसमध्ये रत्नराज्य लक्ष्मी क्याम्पसले विद्यार्थीसँग महंगो शुल्क असुल्दै आएको देखिन्छ ।
एमाले भातृ संगठन अनेरास्ववियुले २०३६ सालदेखि यस क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनले निर्वाचन जित्दै आएको छ । अनेरास्ववियुका नेताहरुले आर. आर. क्याम्पसलाई गरिबका छोरा छोरी पढ्ने क्याम्पसका रुपमा दावी पनि गर्दै आएका छन् । तर यहि क्याम्पस यतिबेला भने अन्य आंगिक क्याम्पसहरुको तुलनामा विद्यार्थीसँग बढि शुल्क असुलिरहेको छ ।
यस्तो छ शुल्क विवरण
रत्नराज्यलक्ष्मी क्याम्पसमा पहिलो सेमेस्टर अग्रेजी, अर्थशास्त्र र समाजशास्त्रमा १४ हजार ५ सय शुल्क लिहिरहेको छ भने दोस्रो र तेस्रो सेमेस्टरमा १३ हजार ५ सय र चौथो सेमेस्टरमा १२ हजार लिहिरहेको छ । यस क्याम्पसमा स्नातकोत्तर अध्ययन गर्न कुनै एउटा विषयका लागि ४ वटा सेमेस्टरमा ५३ हजार ५ सय लाग्छ ।
यही क्याम्पसमा नेपाली र जंनसख्या पहिलो सेमेस्टरमा १२ हजार ५ सय लिएको छ । दोस्रो र तेस्रो सेमेस्टरमा ११ हजार ५ सय निर्धारण गरेको छ । चौथो सेमेस्टरमा भने १० हजार लिहिरहेको छ । यस क्याम्पसमा नेपाली र जनसंख्या बिषयमा स्नातकोत्तर अध्ययन गर्न ४५ हजार ५ सय रुपैंयाँ लाग्छ । सरस्वती बहुमुखी क्याम्पसले समाजशास्त्र, अंग्रेजी र नेपालीमा पहिलो, दोस्रो, तेस्रो र चौथो सेमेस्टरमा समान शुल्क १२/१२ हजार शुल्क लिहिरहेको छ । यी तीन बिषयमा स्नातकोत्तर अध्ययन गर्न ४८ हजार रुपैंयाँ तिरे पुग्छ ।
पाटन सयुक्त क्याम्पसमा पहिलो सेमेस्टरमा अर्थशास्त्र, समाजशास्त्र, ग्रामिण अर्थशास्त्र र अंग्रेजीमा १४ हजार ९ सय ५० शुल्क लिरहेको छ । दोस्रो सेमेस्टरमा ९ हजार ५ सय ५० शुल्क हिरहेको छ । तेस्रो सेमेस्टरमा १० हजार ९ सय ५० शुल्क तोकिएको छ । र चौथो सेमेस्टरमा ९ हजार ५ सय ५० शुल्क तोकिएको छ । यी बिषयमा स्नातकोत्तर अध्ययन गर्न ४५ हजार ५ सय रुपैंयाँ खर्चनु पर्छ ।
यहि क्याम्पसमा पहिलो, दोस्रो, तेस्रो र चौथो सेमेस्टरमा नेपाली र जनसंंख्यामा १० हजार ४ सय ५० शुल्क लिहिरहेको छ । यी बिषयमा स्नातकोत्तर अध्ययन गर्न ४३ हजार ८ सय ६० रुपैँया लाग्छ । त्रिचन्द्र बहुमुखी क्याम्पसले मानवशास्त्र र समाजशास्त्रमा पहिलो र दोस्रो सेमेस्टरमा १० हाजार शुल्क लिईरहेको छ । तेस्रो र चौथो सेमेस्टरमा पनि मानवशास्त्र र समाजशास्त्रमा १० हजार शुल्क तोकेको छ । त्रिचन्द्रमा यी बिषयमा स्नातकोत्तर अध्ययन गर्न ४० हजार रुपैंयाँ तिरे पुग्छ ।
यहि क्याम्पसमा ग्रामिण अर्थशास्त्रमा पहिलो र दोस्रो सेमेस्टरमा १० हजार ९ सय ५० रुपौया लिएको छ भने तेस्रो र चौथो सेमेस्टरमा पनि ग्रामिण अर्थशास्त्रमा १० हजार ९ सय ५० रुपौया तोकेको छ । यस क्याम्पसमा स्नातकोत्तर अध्ययन गर्न ४३ हजार ८ सय लाग्छ ।
महेन्द्ररत्न बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहमा सेमेस्टरमा अंग्रेजी, नेपाली, गणित, स्वस्थ्य, जनसंख्या अर्थशास्त्र र पाठ्यक्रम पढाइ हुन्छ । यस क्याम्पमा पहिलो सेमेस्टरमा १३ हजार ४ सय, ५० लिइरहेको छ । दोस्रो सेमेस्टरमा ९ हजार ३ सय, तेस्रो सेमेस्टरमा १० हजार ४ सय ५० रुपैँया तोकेको छ । चौथो सेमेस्टरमा ८ हजार ८ सय तोकेको छ । यस क्याम्पसमा कुनै एउटा विषयमा स्नातकोत्त तह अध्ययन गर्न ४२ हजार लाग्छ ।
पदमकन्या बहुमुखी क्याम्पसमा मनोविज्ञान, समाजशास्त्र, अर्थशास्त्र, ग्रामिण अर्थशास्त्र, अंग्रेजी, जनसंंख्या र मानवशास्त्रको पहिलो सेमेस्टरमा १५ हजार ४ सय ७५ रुपैँया लिइरहेको छ । दोस्रो सेमेस्टर ८ हजार ७५ रुपैँया लिईरहेको छ । तेस्रो र चौथो सेमेस्टरमा मनोविज्ञान, समाजशास्त्र, अर्थशास्त्र, ग्रामिण अर्थशास्त्र, अग्रेजि, जनसंंख्या र मानवशास्त्रमा ८ हजार ७५ रुपैँया तोकेको छ । यस क्याम्पसमा कुनै एउटा विषयमा स्नताकोत्तर अध्ययन गर्न ३९ हजार ७ सय लाग्छ ।
राजधानीका अन्य आंगिक क्याम्पसको तुलनामा आर. आर. क्याम्पस किन महंगो भयो भन्ने प्रश्नको जवाफमा क्याम्पस प्रमुख डा. निर्मला कुमारी सुवालले भनिन्- अरु क्याम्पसले अन्य संकाय पनि सञ्चालन गरेका छन, हामीले मानविकी मात्रै चलाएका छौं, त्यसैले अरु भन्दा केहि महंगो जस्तो देखिएको मात्रै हो । उनले शुल्क असुलीका बारेमा क्याम्पसमा क्रियाशिल सबै विद्यार्थी संगठनको सहमति लिएको दावी पनि गरिन् ।
