राष्ट्रपतिको निर्वाचन फागुन २९ मा

<p>काठमाडौं । नयाँ राष्ट्रपतिका लागि फागुन २९ गते निर्वाचन हुने भएको छ । निर्वाचन आयोगको बिहीबार बसेको बैठकले राष्ट्रपतिको निर्वाचनका लागि फागुन २९ गते नयाँ मिति तोकेको हो । आयोगले २३ गते उम्मेदवारी दर्ताको समय तोकेको छ । यस्तै २१ गते मतदाता नामावली प्रकाशित हुनेछ । प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्यहरुले मतदान गर्नेछन् । फागुन [&hellip;]</p>

काठमाडौं । नयाँ राष्ट्रपतिका लागि फागुन २९ गते निर्वाचन हुने भएको छ ।

निर्वाचन आयोगको बिहीबार बसेको बैठकले राष्ट्रपतिको निर्वाचनका लागि फागुन २९ गते नयाँ मिति तोकेको हो ।

आयोगले २३ गते उम्मेदवारी दर्ताको समय तोकेको छ । यस्तै २१ गते मतदाता नामावली प्रकाशित हुनेछ । प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्यहरुले मतदान गर्नेछन् ।

फागुन २३ गते बिहान १० बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको आयोगले जनाएको छ । यस्तै उम्मेदवार विरुद्ध दावी विरोध, फिर्ता लगायतका प्रक्रिया र्पुयाएर २४ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुने आयोगले जानकारी दिएको छ । निर्वाचन सकिएलगतै ४ बजेबाट मतगणना सुरु हुनेछ ।

 

Share News