काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले खोटाङ जिल्लाको रावाबेशी गाँउपालिकास्थित विभिन्न वडाहरुका आँपमा लागेको किराहरुको रोकथाम विधिका प्रयोग गर्ने तयारी गरिरहेको बताएको छ ।
नास्ट अन्तर्गत विज्ञान संकायद्वारा उक्त गाउँपालिकामा सञ्चालन गरिएको आँपको कोयामा लाग्ने कीराहरुको रोकथाम विषय सम्बन्धि फागुन पहिलाे हप्ता भएकाे ३ दिने व्यबहारिक तथा सैदान्तिक तालिमको क्रममा नास्टका उपकुलपति प्राडा जिवराज पोखरेलले नास्ट तथा अन्य ठाउँका वैज्ञानिक, विज्ञ, तथा प्राध्यापक मिलेर किराको रोकथाम बिधिलाई प्रयोग गर्ने बताए । त्यसक्रममा किरा सम्बन्धि समस्याको अवलोकन तथा अनुसन्धान हुने उनको भनाइ छ ।
नास्टका अनुसार कार्यक्रममा स्थानीय गाँउपालिकाका अध्यक्ष लिलानथ निरौलाले कृषि छेत्रको विकासको लागि नास्टलाई सहयोग प्रतिवद्धता गरेका छन् । सो गाँउपालिकामा सय जनाभन्दा बढी संख्याले आँपमा लाग्ने किरा सम्बन्धि तालिम प्राप्त गरेको नास्टले जनाएको छ ।