१४ गुणा ठूलो चन्द्रमा हेर्दा कसलाई फाइदा कसलाई नोक्सान ?

<p>काठमाडौं । आजको खग्रास चन्द्र ग्रहण साँझ ५ बजेर ३२ मिनेटबाट लागे पनि हाम्रो देशमा चन्द्रोदय ५ बजेर ५५ मिनेटमा हुने भएकाले चन्द्रोदय भएपछि मात्र केहि अंश चन्द्रग्रहण लागिसकेको अवस्थामा देख्न सकिन्छ । यो खग्रास चन्द्र ग्रहण साँझ ६ बजेर ३६ मा पूर्ण सम्मिलन भई साँझ ७ बजेर १६ मिनेटमा मध्य हुने ज्योतिष नारायणप्रसाद दुलालले [&hellip;]</p>

काठमाडौं । आजको खग्रास चन्द्र ग्रहण साँझ ५ बजेर ३२ मिनेटबाट लागे पनि हाम्रो देशमा चन्द्रोदय ५ बजेर ५५ मिनेटमा हुने भएकाले चन्द्रोदय भएपछि मात्र केहि अंश चन्द्रग्रहण लागिसकेको अवस्थामा देख्न सकिन्छ । यो खग्रास चन्द्र ग्रहण साँझ ६ बजेर ३६ मा पूर्ण सम्मिलन भई साँझ ७ बजेर १६ मिनेटमा मध्य हुने ज्योतिष नारायणप्रसाद दुलालले बताएका छन् ।

त्यसैगरी, साँझ ७ बजेर ५३ मिनेटमा उन्मिलन भई ८ बजेर ५७ मा पूर्ण मोक्ष हुनेछ । अतः खग्रास चन्द्र ग्रहणको कुल समयावधी ३ घण्टा २ मिनेटको हुनेछ भने पुरै ढाकिएको ग्रस्तोदित चन्द्रग्रहण १ घण्टा १७ मिनेटको हुनेछ । आजको चन्द्रमा पृथ्वीको नजिकै रहेका कारण १४ गुणा ठूलो र ३० गुणा बढी चम्किलो देखिनेछ ।

आर्थिक ग्रहण फल

निम्न व्यक्ति, जातक, कार्यालय, संघसंस्था आदिलाई यस खग्रास चन्द्रग्रहणले पार्ने आर्थिक पक्षहरु:

मेष– स्वास्थ्य एवं विमापक्षलाई नोक्सानी हुनेछ ।
वृष– बैंक तथा वित्तीय संस्थालाई अधिक लाभ मिल्नेछ ।
मिथुन– शैक्षिक व्यवसायका साथै फेन्सी एवं सर–सजावटी क्षेत्रमा धन हानी हुनेछ ।
कर्कट– वाहनको कारोबारमा नेक्सानी तथा राज्यबाट असहयोग मिल्नेछ ।
सिंह– उत्पादनमूलक कलकारखानाबाट आर्थिक नोक्सानी तथा लगानी डुब्ने भय छ ।
कर्कट– वाहनको कारोबारमा नोक्सानी तथा राज्यबाट असहयोग मिल्नेछ ।
कन्या–शैक्षिक व्यवसाय फष्टाउने छ साथै रोकिएका ठाउँबाट धनआर्जन हुनेछ ।
तुला– आर्थिक पक्ष निकै सबल छ साथै नयाँ कार्यको विभिन्न अवसर मिल्नेछ ।
वृश्चिक– कामको स्तर घट्नेछ र सबै व्यापारिक प्रतिष्ठामा वाधा आउनेछ ।
धनु–विमापक्षलाई कमजोर हुनेछ र तरल पदार्थको कार्यबाट नोक्सानी मिल्नेछ ।
मकर–होटल व्यवसायमा व्यवधार आउनुका साथै कार्यक्षेत्रमा अवरोध आउनेछ ।
कुम्भ–धातुजन्य पदार्थलाई लाभ मिल्नुका साथै बैंक तथा वित्तीय संस्थालाई फाइदा हुनेछ ।
मीन– वस्त्र, आभूषण, सजावटीका व्यवसायमा आर्थिक स्थिती कमजोर रहने छ ।

Share News