काठमाडौं । एभरेष्ट एड एण्ड इभेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक तथा समाजसेवी जंगबहादुर बिष्ट सम्मानित भएका छन् । योगी नरहररिनाथ ट्रष्ट अध्यात्मिक परिषदको तत्वाधानमा आयोजित २९६ औँ श्री ५ पृथ्वीजयन्ती तथा राष्टिय एकतादिवस भब्यताका साथ मनाउन प्राप्त सहयोग र सहभागीताको प्रशंसाका साथ उल्लेखनीय योगदानको कदर गर्दै समाजसेवी बिष्ट सम्मानित भएका हुन् ।

समाजसेवी बिष्ट लगायत समाजसेवी कल्याण बिष्ट, देदिप्य रिमाल, सिद्धार्थनाथ रिमाल, रुस्तम दुलाल तथा केशव घिमिरेलाई ट्रष्टका अध्यक्ष तथा कार्यक्रम सयोंजक शंकर पौडेलले एक कार्यक्रमका बिच सम्मान गरेका छन् ।
बि.स २०६३ साल देखी देशभरी नै ५ पृथ्वीजयन्ती तथा राष्टिय एकतादिवस भब्य रुपमा मनाउँदै आएको योगी नरहरीनाथ ट्रष्ट अध्यात्मिक परिषदका अध्यक्ष शंकर पौडेलले बताएका छन् ।