सानिमामाई हाइड्रोपावरको सेयर मूल्यमा निरन्तर गिरावट, यस्तो छ कारण

<p>&nbsp; काठमाडौं । सानिमामाई हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य निरन्तर घट्दै गएको छ । सेयर मूल्य घट्दै गएपनि दुई सातादेखि नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सबैभन्दा बढी सेयर कारोबार सानिमामाईको नै भइरहेको छ । गत वर्षको चैतको दोस्रो साता सानिमाको सेयर मूल्य बढेर प्रतिकित्ता १ हजार २३९ रुपैयाँ पुगेको थियो । त्यसपछि सेयर मूल्य लगातार घट्दै [&hellip;]</p>

 

काठमाडौं । सानिमामाई हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य निरन्तर घट्दै गएको छ । सेयर मूल्य घट्दै गएपनि दुई सातादेखि नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सबैभन्दा बढी सेयर कारोबार सानिमामाईको नै भइरहेको छ ।

गत वर्षको चैतको दोस्रो साता सानिमाको सेयर मूल्य बढेर प्रतिकित्ता १ हजार २३९ रुपैयाँ पुगेको थियो ।

त्यसपछि सेयर मूल्य लगातार घट्दै आएको छ । मूल्य समायोजन भएपछि १ हजार १०५ बाट घटेर ६१५ मा झरेको थियो । मूल्य समायोजनपछि लगानीकर्ताले झण्डै २ सय रुपैयाँ गुमाएका छन् ।

 

गत पुस १८ गते प्रतिकित्ता ५ सय रुपैयाँमा कारोबार भएको सानिमाको सेयर मूल्य लगातार घट्दै गएर मंगलबार प्रतिकित्ता ४२३ रुपैयाँमा झरेको छ । गत वर्ष गरेको नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगरी जलविद्युत आयोजनामा लगानी गर्ने भएपछि कम्पनीको सेयर मूल्यमा निरन्तर गिरावट आएको छ ।

कम्पनीले गत आवमा २९ करोड रुपैयाँ खुदनाफा गरेको थियो । गत आवमा गरेको नाफाबाट लगानीकर्ताले ५ प्रतिशत मात्र लाभांश पाउने अवस्था आएपछि कम्पनीले १४ मेगावाटको मैलुङखोला जलविद्युत आयोजनामा लगानी गर्ने निर्णय गरेको छ । सबैभन्दा बढी कारोबार भएपनि यस हाइड्रोको सेयर मूल्य भने निरन्तर ओरालो लागेको छ ।

 

Share News