पाँचौं हाकिम खोज्दै पुननिर्माण प्राधिकरणः ६ लाख ८८ हजार भूकम्प पीडित अझै त्रिपालमा

<p>काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरण गठन भएको २ बर्ष पुरा भएको छ । पाँच बर्षभित्र पुननिर्माणको काम सक्ने लक्ष्यसहित स्थापना भएको प्राधिकरणमा २ बर्षभित्र ४ जना प्रमुख कार्यकारी अधिकृतले जागिर खाएका छन् र यतिबेला पाँचौं हाकिमको खोजी पनि सुरु भैसकेको छ । तर अझै पनि ६ लाख ८८ हजार १ सय ९१ भूकम्प पीडित त्रिपालमै [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरण गठन भएको २ बर्ष पुरा भएको छ । पाँच बर्षभित्र पुननिर्माणको काम सक्ने लक्ष्यसहित स्थापना भएको प्राधिकरणमा २ बर्षभित्र ४ जना प्रमुख कार्यकारी अधिकृतले जागिर खाएका छन् र यतिबेला पाँचौं हाकिमको खोजी पनि सुरु भैसकेको छ । तर अझै पनि ६ लाख ८८ हजार १ सय ९१ भूकम्प पीडित त्रिपालमै बस्न बाध्य छन् ।

सुरुमा तत्कालिन योजना आयोगका उपाध्यक्ष डा. गोविन्दराज पोखरेलले प्राधिकरण प्रमुखको पनि जिम्मेवारी सम्हालेका थिए । तर पछि केपी ओली सरकारले सुशिल ज्ञवालीलाई प्राधिकरण्को सिइओ बनायो । ओली सरकार ढलेर प्रचण्ड प्रधानमन्त्री बनेपछि ज्ञवालीलाई हटाएर पुनः  पोखरेललाई नै सिइओ नियुक्त गर्यो । तर प्रतिनिधी सभा निर्वाचनमा उम्मेदवार बन्न पोखरेलले राजीनामा दिए ।

पोखरेलले दोश्रो इनिङ त्यागेपछि अहिले युवराज भुषालले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिरहेका छन् । बामपन्थी नेतृत्वमा नयाँ सरकार गठन भएमा प्राधिकरणबाट भुषाललाई पनि निकालिने छ र पाँचौं प्रमुखका रुपमा नयाँ व्यक्ति नियुक्त हुनेछन् । प्राधिकरणले पाँचौं हाकिम पाउनै लाग्दा पनि भूकम्प पीडितहरुले भने अझै पनि घरको बास पाएका छैनन् ।

Share News