
काठमाडौं । ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले आईपीओ निष्कासनको निर्णय गर्न पुस ३० गते साधारणसभा बोलाएको छ ।
सभामा सर्वसाधारण र आयोजना प्रभावित स्थानियबासिन्दालाई आईपीओ निष्कासन गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीले दोलखाको खानिखोलामा ४० मेगावाटको खानीखोला आयोजना निर्माण गरिरहेको छ ।