झापा-५ मा अध्यक्ष ओली भारी मतान्तरले विजयी

<p>भद्रपुर । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा क्षेत्र नं ५ बाट ५७ हजार १३९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डा खगेन्द्र अधिकारीले २८ हजार २९७ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालय, भद्र्रपुरले जनाएको छ । यसैगरी, झापा निर्वाचन क्षेत्र नं २ मा वाम गठबन्धनका [&hellip;]</p>

भद्रपुर । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा क्षेत्र नं ५ बाट ५७ हजार १३९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डा खगेन्द्र अधिकारीले २८ हजार २९७ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालय, भद्र्रपुरले जनाएको छ ।

यसैगरी, झापा निर्वाचन क्षेत्र नं २ मा वाम गठबन्धनका तर्फबाट एमालेका पवित्रा निरौला (खरेल) ४५ हजार ८१७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका उद्धव थापाले ३२ हजार ५० मत प्राप्त गरेका छन् ।

प्रदेशसभाअन्तर्गत क्षेत्र नं ५ (क) मा वाम गठबन्धनबाट एमालेका हिक्मतकुमार कार्कीले २४ हजार ९८ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका अनिलकुमार प्रसाईँले १८ हजार ६३६ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा (ख) मा वाम गठबन्धनबाट एमालेका अर्जुन राईले ३० हजार ९७३ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका राजनकुमार ढुंगानाले १० हजार ९९३ मत प्राप्त गरेका छन्। रासस

Share News