विराटनगर । मोरङको क्षेत्र नं ५को प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का शिवकुमार मण्डल विजयी भएका छन् ।
मण्डलले २२ हजार ९४५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अमृतकुमार अर्यालले १९ हजार १५३ मत प्राप्त गरेका थिए ।
सोही क्षेत्रबाट तेस्रो स्थानमा रहेका संघीय समाजवादी फोरम नेपालका राजकुमार यादवले १८ हजार ६४९ मत प्राप्त गरेका थिए ।
यसैबीच, मोरङको ६ वटै प्रतिनिधिसभा सदस्यको निर्वाचनको परिणाम घोषित भइसकेका छन् । सोमध्ये निर्वाचन क्षेत्र नं २ मा नेपाली काँग्रेस र अन्य पाँचवटै निर्वाचन क्षेत्रबाट वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । रासस