विराटनगर । मोरङ क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्य पदमा नेपाली काँग्रेसका डा मीनेन्द्र रिजाल विजयी भएका छन् । रिजालले ३५ हजार ८१९ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का ऋषिकेश पोखरेलले ३४ हजार १४ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालय, विराटनगरले जनाएको छ । सो क्षेत्रमा कूल ८० हजार २४९ मत खसेको थियो ।

त्यस्तै, मोरङ क्षेत्र नं–४ को प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का अमनलाल मोदी विजयी भएका छन् ।
मोदीले ३३ हजार ५२९ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महेश आचार्यले २६ हजार ८०० मत प्राप्त गरेका छन्।
अहिलेसम्म मोरङको चारवटा निर्वाचन क्षेत्रको परिणाम घोषणा भइसकेको छ । चारवटैमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । अब, दुईवटा क्षेत्रको घोषणा हुन बाँकी छ ।
यसैगरी, मोरङ क्षेत्र नं २ मा नेपाली काँग्रेसका डा मीनेन्द्र रिजालले २७ हजार ८६४ मत प्राप्त गरी अग्रता लिएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले)का ऋषिकेश पोखरेलले २६ हजार २४० मत प्राप्त गरेका छन् ।
यस्तै, मोरङ क्षेत्र नं-५मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार शिवकुमार मण्डलले १८ हजार ९८४ मत प्राप्त गरी अग्रता लिएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अमृत अर्यालले १६ हजार १७५ मत प्राप्त गरेका छन् । रासस