काठमाडौं । दोलखामा प्रतिनिधिसभाका सदस्य वाम गठबन्धनका उम्मेदवार पार्वत गुरुङले ५५ हजार ९५४ मत प्राप्त गरी विजयी भएका छन् ।
गुरुङका प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार रुद्रबहादुर खडकाले २५ हजार ८०१ मत प्राप्त गरेका छन् । गुरुङले खड्का भन्दा ३० हजार १५३ मत बढी ल्याएर विजयी भएका दोलखाका मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार काफ्लेले जानकारी दिए ।
उनकाअनुसार प्रदेशसभा (क)मा वाम गठबन्धनका उम्मेदवार तथा नेकपा (माओवादी केन्द्र)का नेता विशाल खड्काले २८ हजार ३५० मत प्राप्त गरी विजयी भएका छन् ।
काँग्रेसका बर्मा लामाले १२ हजार ९५६ मत प्राप्त गरेका छन् । प्रदेशसभा (ख) मा वाम गठबन्धनका उम्मेदवार तथा एमाले पोलिटब्यूरो सदस्य पशुपति चौलागार्इंले २३ हजार ३८ मत प्राप्त गरी विजयी भएका छन्, भने काँग्रेसका केशव चौलागार्इंले १० हजार ८८० र मालेका लालकुमार केसीले तीन हजार ४१५ मत प्राप्त गरेका छन् । रासस