चितवन । मत गणनाको शुरुवातमा अग्रता लिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन ३ मा पछि परेका छन् ।

चितवन क्षेत्र नम्बर ३ को जारी मतगणनामा माओवादी केन्द्रका अध्यक्षलाई राप्रपाका उम्मेदवार विक्रम पाण्डेले पछि पारेका हुन् ।
प्राप्त पछिल्लो मत परिणाम अनुसार राप्रपाका विक्रम पाण्डेले २ सय ७६ मत प्राप्त गरेका छन् । प्रचण्डले १ सय ८६ मत ल्याएका छन् ।
चितवन ३ मा वामगठबन्धनबाट प्रचण्ड र लोकतान्त्रिक गठबन्धनबाट पाण्डे उम्मेदवार छन् ।