हुम्लाको प्रदेश ‘क’ मा एमालेका दलबहादुर रावल विजयी, पाँच वर्षपछि गाडी चढेर भाेट माग्ने बाचा

<p>हुम्ला । जिल्लामा प्रदेशसभा ‘क’ मा वाम गठबन्धनका तर्फबाट एमालेका दलबहादुर रावल सात हजार १५८ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका थानबहादुर रोकायाले चार हजार ८११ मत प्राप्त गरे । अहिले प्रदेश ‘ख’ को मत गणना शुरु भएको मुख्य निर्वाचन अधिकृत मोहनीप्रसाद पौडेलले जानकारी दिए । विजयी भएपछि जिल्ला र समग्र [&hellip;]</p>

हुम्ला । जिल्लामा प्रदेशसभा ‘क’ मा वाम गठबन्धनका तर्फबाट एमालेका दलबहादुर रावल सात हजार १५८ मत ल्याई विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका थानबहादुर रोकायाले चार हजार ८११ मत प्राप्त गरे । अहिले प्रदेश ‘ख’ को मत गणना शुरु भएको मुख्य निर्वाचन अधिकृत मोहनीप्रसाद पौडेलले जानकारी दिए ।

विजयी भएपछि जिल्ला र समग्र ६ नम्बर प्रदेशको विकास नै आफ्नो प्रमुख एजेन्डा भएको रावलले बताएका छन्। ‘सिमकोट हिल्सा नाका मेरो प्राथमिकतामा छ,’ उनले भने, ‘सिमकोट हिल्सा सडकलाई बाजुरा र मुगुको गमगढीमा जोडिनेछ, पाँच वर्षपछि गाडि चढेर चुनाव प्रचारमा हिड्छु, गाडी चढ्ने अवस्था भएन भने चुनाव नै उठ्दिनँ।’

Share News