नुवाकोटमा पनि वाम गठबन्धन अगाडि, डा महत र केसी पछाडि

<p>काठमाडौं । नेपाली कांग्रेसका चर्चित नेताहरु डा रामशरण महत र अर्जुननरसिंह केसी चुनावी प्रतिस्प्रर्धामा रहेको नुवाकोट जिल्लामा पनि वामपन्थी गठबन्धनले अग्रता पाएको छ । मतगणनामा डा महत र केसी दुबैले कम मत पाइरहेका छन् । पछिल्लो मत परिणाम अनुसार क्षेत्र नम्बर १ का उम्मेदवार डा रामशरण महतलाई माओवादी केन्द्रका उम्मेदवार हितमान तामाङले पछाडि पारेको छन् [&hellip;]</p>

काठमाडौं । नेपाली कांग्रेसका चर्चित नेताहरु डा रामशरण महत र अर्जुननरसिंह केसी चुनावी प्रतिस्प्रर्धामा रहेको नुवाकोट जिल्लामा पनि वामपन्थी गठबन्धनले अग्रता पाएको छ । मतगणनामा डा महत र केसी दुबैले कम मत पाइरहेका छन् ।

पछिल्लो मत परिणाम अनुसार क्षेत्र नम्बर १ का उम्मेदवार डा रामशरण महतलाई माओवादी केन्द्रका उम्मेदवार हितमान तामाङले पछाडि पारेको छन् । तामाङले ५ हजार ९९ मत पाएका छन् भने महतले ४ हजार २१० मत पाएका छन् ।

१ नम्बरको प्रदेशसभामा क मा माओवादीका राधिका तामाङले २ हजार १०६ मत पाएकी छिन् भने कांग्रेसका महेन्द्र थिङले १ हजार ५७१ मत ल्याएका छन् । ख मा एमालेका बद्री मैनालीले २ हजार ७३ र कांग्रेसका रमेश महतले १ हजार २०० मत पाएका छन् ।

क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार नारायण खतिवडाले ४ हजार २९९ मत पाएका छन् भने कांग्रेसका उम्मेदवार अर्जुन नरसिंह केसीले २ हजार ६९५ मत पाएका छन् । २ नम्बरको प्रदेशसभा सदस्यमा पनि एमालेका केशव पाण्डेले ३ हजार ३९० मत पाएका छन् भने जगदिशश्वर नरसिंह केसीले २ हजार १०३ मत पाएका छन् ।

Share News