रसुवामा लोकतान्त्रिक र सिन्धुपाल्चोकमा वाम गठबन्धन अगाडि

<p>रसुवा । जिल्लामा एक हजार २४७ मत गन्दा लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार मोहन आचार्यले ७२१ र वाम गठबन्धनबाट नेकपा (एमाले)का जनार्दन ढकालले ४४८ मत प्राप्त गरेका छन् । सिन्धुपाल्चोक– जिल्लामा एक हजार ३६० मत गन्दा वाम गठबन्धनबाट नेकपा(माओवादी केन्द्र)का अग्निप्रसाद सापकोटाले ७३५ र लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका मोहनबहादुर बस्नेतले ६२५ मत प्राप्त गरेका छन् [&hellip;]</p>

रसुवा । जिल्लामा एक हजार २४७ मत गन्दा लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार मोहन आचार्यले ७२१ र वाम गठबन्धनबाट नेकपा (एमाले)का जनार्दन ढकालले ४४८ मत प्राप्त गरेका छन् ।

सिन्धुपाल्चोक– जिल्लामा एक हजार ३६० मत गन्दा वाम गठबन्धनबाट नेकपा(माओवादी केन्द्र)का अग्निप्रसाद सापकोटाले ७३५ र लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका मोहनबहादुर बस्नेतले ६२५ मत प्राप्त गरेका छन् ।

बाजुरा– जिल्लामा प्रतिनिधिसभातर्फ ९१२ मत गन्दा काँग्रेसका कविराज पण्डितले ४७७ र वाम गठबन्धनबाट एमालेका लालबहादुर थापाले ४७७ मत प्राप्त गरेका छन् ।

नुवाकोट– प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो चरणमा निर्वाचन भएको नुवाकोटमा मतगणना सुरु भएको छ ।

आज साँझ ७ बजेदेखि दुई प्रतिनिधिसभा र ४ प्रदेशसभा सदस्यको मतगणना शुरु भएको मुख्य निर्वाचन अधिकृत लोकजङ्ग शाहले जानकारी दिए ।

कुल छ पदका लागि ४६ उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् । यही मंसिर १० गते भएको मतदानमा दुई लाख आठ हजार १९१ मतदातामध्ये एक लाख ३९ हजार ७६१ मतदाताले मतदान गरेका छन् । रासस
–––

Share News