रौतहट ४ मा डा. बंशिधर मिश्र ९ हजार मतले अगाडी

<p>काठमाडौं । रौतहटको प्रतिनिधी सभा निर्वाचन क्षेत्र नम्बर ४ मा बाम गठबन्धनका उम्मेदवार डा. बंशिधर मिश्र करिब ९ हजार मतले अगाडी देखिएका छन् । केहि समय अघि सम्पन्न स्थानीय तहको निर्वाचन परिणाम अनुसार क्षेत्र नम्बर ४ मा बाम गठबन्धनका उम्मेदवार डा. मिश्र ८ हजार ८ सय ८९ मतले अगाडी देखिएका हुन् । यो निर्वाचन क्षेत्रमा प्रतिनिधी [&hellip;]</p>

काठमाडौं । रौतहटको प्रतिनिधी सभा निर्वाचन क्षेत्र नम्बर ४ मा बाम गठबन्धनका उम्मेदवार डा. बंशिधर मिश्र करिब ९ हजार मतले अगाडी देखिएका छन् । केहि समय अघि सम्पन्न स्थानीय तहको निर्वाचन परिणाम अनुसार क्षेत्र नम्बर ४ मा बाम गठबन्धनका उम्मेदवार डा. मिश्र ८ हजार ८ सय ८९ मतले अगाडी देखिएका हुन् ।

यो निर्वाचन क्षेत्रमा प्रतिनिधी सभाका लागि एमालेका वैकल्पिक पोलिटब्युरो सदस्य डा. बंशिधर मिश्र उम्मेदवार छन् । प्रदेश क मा माओवादी केन्द्रले उम्मेदवारी दिएको छ भने ख मा एमालेको उम्मेदवार रहेका छन् । यो क्षेत्रमा बाम गठबन्धनको मत ३० हजार ७ सय ७९ रहेको छ भने लोकतान्त्रिक गठबन्धनको जम्मा २१ हजार ८ सय ९० मत मात्रै रहेको छ । यो क्षेत्रमा मधेशवादी गठबन्धनको मत भने जम्मा ८ हजार ७ सय ८४ मात्रै रहेको छ ।

रौतहटको उत्तरी भेग समेटेको क्षेत्र नम्बर ४ मा बाम गठबन्धनका डा. मिश्र र लोकतान्त्रिक गठबन्धनका देवी प्रसाद तिमल्सिनाबिच नै प्रतिष्पर्धा हुने बताइँदै आएको छ । तर बाम गठबन्धनका डा. मिश्र करिब ९ हजार मतले अघि रहेसँगै यस गठबन्धनका कार्यकर्ताले भने जित सुनिश्चित रहेको बताउँदै आएका छन् ।

डा. मिश्र आफैं मधेशी मुलका हुन भने उनले पहाडी मुलकी श्रीमति विवाह गरेका छन् । आफु मधेश र पहाडलाई जोड्ने सेतु भएको बताउँदै डा. मिश्रले मत माग्दै आएका छन् ।

Share News