५ वर्षभित्रै दाङमा बन्दैछ बहुउद्देश्यीय सुविधासम्पन्न रंगशाला, डिपिआरको काम अन्तिम चरणमा

<p>दाङ । दाङको बेलझुण्डीमा सुुविधा सम्पन्न बहुउद्देश्यीय रंगशाला बन्ने भएको छ । मिसन आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ का लागि सम्भावित खेलस्थल निरीक्षणका लागि यहाँ आउनु भएका युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहलले पाचँ वर्षभित्रै बेलझुण्डीमा सुविधा सम्पन्न बहुुउद्देश्यीय रंगशाला बन्ने गरी काम थाल्ने बताएका छन् । जिल्लाको खेलकुद विकास र विस्तारका लागि बहुउद्देश्यीय [&hellip;]</p>

दाङ । दाङको बेलझुण्डीमा सुुविधा सम्पन्न बहुउद्देश्यीय रंगशाला बन्ने भएको छ ।

मिसन आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ का लागि सम्भावित खेलस्थल निरीक्षणका लागि यहाँ आउनु भएका युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहलले पाचँ वर्षभित्रै बेलझुण्डीमा सुविधा सम्पन्न बहुुउद्देश्यीय रंगशाला बन्ने गरी काम थाल्ने बताएका छन् ।

जिल्लाको खेलकुद विकास र विस्तारका लागि बहुउद्देश्यीय रंगशाला निर्माणको गुरुयोजना बमोजिम डिपिआरको कार्य अन्तिमचरणमा पुगेकाले अब छिट्टै निर्माण प्रक्रिया शुरु हुने उनले बताए ।

सचिव दाहलले बेलझुण्डीको १५ बिगाहा जमिनमा अन्तर्राष्ट्रिय मापदण्डको फुटबल मैदान, चारसय मिटर ट्र्याकभित्र फुटबलको अभ्यास खेलमैदान, आन्तरिक खेलका लागि बहुउद्देश्यीय कर्बड हललगायतका भौतिक संरचना निर्माणका लागि डिपिआरको काम भइरहेको बताए ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीले आठाैं राष्ट्रिय खेदलकुदलाई लक्षित गरी डिपिआरको कामसँगै बजेट निकासा तत्काल अगाडि बढाउन आग्रह गरे । रासस

Share News