काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहलाई पितृ शोक परेको छ ।
उनको बुबा बीरबहादुर शाहको मंसिर ७ गते विहीबार निधन भएको हो । ८७ वर्षिय शाहलाई खाना सर्किएपछि अस्पताल लगिएको थियो । अस्पताल पुग्दा चिकित्सकले शाहको निधन भएको घोषणा गरेका थिए ।
शाहको दुई छोरा छन् ।