काठमाडौं । उद्यमी विनोदकुमार चौधरीले लोकतन्त्रमा मात्रै आर्थिक विकास र समृद्धि सम्भव भएको बताउँदै आगामी चुनावमा कांग्रेसलाई मतदान गर्न अनुरोध गरेका छन् ।
बिहिबार हटौडा, सिराह, सप्तरी, सर्लाही र विरगंजमा आयोजित कांग्रेसको चुनावी आमसभामा बोल्दै उनले मुलुकमा राजनीतिक आन्दोलन सकिएर आर्थिक विकास र समृद्धिको बाटोमा अघि बढाउनु पर्ने समय भएकाले कांग्रेसले मात्रै त्यस्तो जिम्मेवारी पुरा गर्न सक्ने बताए । ‘यो मुलुकमा २०४६ सालपछि कांग्रेसकै उदारिकरणको नीतिका कारण हामीले अहिले स्वतन्त्रतापूर्वक पेशा र व्यवशाय गर्न पाएका हौ’ उनले भने, ‘तर लोकतान्त्रिक व्यवस्था बाहेक कम्युनिष्टले भने अनुसारको शासन आउने हो भने पेशा व्यवशाय गर्ने नागरिक स्वतन्त्रता रहदैन ।’
चौधरीले मुुलुकमा स्वदेशी र विदेश लगानी भित्राएर लाखौको रोजगारी सृजना गरि मुलुकलाई समृद्धितर्फ अधि बढाउन सक्ने पनि बताए । ‘उहाँका स्थानीय कच्चा पदार्थ र कृषिजन्य वस्तुहरुको वजारीकरण गरेर स्थानीय तहलाई आर्थिक रुपमा सवल बनाउन सकिन्छ’ चौधरीले भने ।
उनले २०४८ सालमा कांग्रेसको सरकारले सुरु गरेको क्रान्तिकारी आर्थिक सुधारकै आधारमामा अहिलेसम्म मुलुकलाई धानेर राखेको पनि बताएका छन् । ‘२० बर्षका राजनीतिक अस्थिरताका बावजुत पनि कांग्रेसकै नीतिका कारण मुलुकलाई आर्थिक रुपमा धान्न सम्भव भएको हो’ चौधरीले भने, ‘त्यो बेला कांग्रेसले खोलिएका ढोकाहरु सवल अर्थतन्त्रका लागि आजसम्म जारी छन’ उनले भने, ‘त्यसलाई नयाँ उर्जा दिनु आजको आवस्यकता हो । अव नेपाली कांग्रेसको नेतृत्वमा बन्ने सरकारले आर्थिक विकासको उचाई लिनेछ ।’
चौधरीले आर्थिक र भौतिक विकासलाई कसरी उचाईमा पुर्याउने भन्ने कांग्रेसले मात्रै खाका कोर्न सक्ने पनि बताएका छन् । ‘विकासलाई कसरी अघि बढाउने त्यसको खाका कोर्न यो चुनाव हाम्रा लागि ठूलो अवसर हो’ चौधरीले भने, ‘त्यसैले कांग्रेसलाई अत्याधिक मतले जिताउनुहोस ।’ उनले लोकतान्त्रिक पार्टीले मात्रै वलियो अर्थतन्त्र बनाउन सक्ने बताउँदै कांग्रेसका अवका रणनीतिहरु विकास केन्द्रीत हुने स्पष्ट पार्नुभयो । ‘म, राजनीति मात्रै गर्न कांग्रेससँग जोडिएको होईन’ चौधरीले भने, ‘आर्थिक विकास कांग्रेसले मात्रै गर्न सक्छ भन्ने निष्कर्षका साथ जोडिएको हो ।’