राष्ट्रिय सहकारी बैंक र गरीवी निवारण कोषबीच सहकार्यका लागि सम्झौता, वित्तिय व्यवस्थापनमा सहयोग गर्ने

<p>काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेड र गरीवी निवारण कोष बीच सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । गरीवी निवारण कोषको सहयोगमा गठन भैसकेको र हुने लक्षित सहकारीहरुलाई व्यवसायीकरण तथा पेशागत एवं वित्तिय व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यले उक्त सम्झौता भएको हो । यो समझदारीले गरिव तथा विपन्न वर्गलाई बैंकिङ्ग क्षेत्रको थोक कर्जा सहित बचत, पूँजी [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेड र गरीवी निवारण कोष बीच सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । गरीवी निवारण कोषको सहयोगमा गठन भैसकेको र हुने लक्षित सहकारीहरुलाई व्यवसायीकरण तथा पेशागत एवं वित्तिय व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यले उक्त सम्झौता भएको हो ।

यो समझदारीले गरिव तथा विपन्न वर्गलाई बैंकिङ्ग क्षेत्रको थोक कर्जा सहित बचत, पूँजी परिचालन एवं अन्य बैंकिङ्ग सेवाको पहुँचमा सहयोग पुग्ने आशा गरिएको छ ।

कोष अन्तर्गत गठन भएका सामुदायिक संस्थाहरुका सदस्यहरु सम्मिलित २५ जिल्लामा गठन भएका ४२५ सहकारीहरु र चालु आर्थिक वर्षमा गठन गरिने अन्य सहकारीहरुलाई विभिन्न किसिमका क्षमता विकास तालिमहरुको साथै बचत, कर्जा र पुँजी परिचालन गर्न सहयोग गरिनेछ ।

कोषका कार्यकारी निर्देशक नहकुल के.सी. र बैंकका प्रबन्ध संचालक के.वी. उप्रेतीले बिहिवार हस्ताक्षर गरिएको सहमती पत्र अन्तर्गत कोषको सहयोगमा सञ्चालित सामुदायिक संस्था तथा ३५६ हस्तकला उत्पादन समूहहरुको सहकारी स्थापना गरी आवश्यकता अनुसार थोक कर्जा, बचत र पूँजी परिचालन तथा वित्तीय क्षमता विकासमा समेत सहयोग पुर्याइनेछ ।

सहकारीहरुको दिगोपना, सुदृढीकरण तथा सुधारका लागि राष्ट्रिय सहकारी बैंक लिमिटेड अनुबन्धित सेवा प्रदायकहरुलाई पृष्ठपोषण प्रदान गर्नेछ भने कोषको सहयोगमा गठित सहकारी संस्थाहरुको बचत परिचालन राष्ट्रिय सहकारी बैंक लिमिटेड मार्फत गर्न प्रेरित गरिनेछ ।

समझदारीले ग्रामीण अर्थतन्त्र विकास तथा उद्यमको संस्थागत विकासले लक्षित घरपरिवारलाई गरिवीको चक्रबाट माथि उठाउन भरपर्दो आधार तयार गर्ने कोषका कार्यकारी निर्देशक के.सी.ले बताए । कोषका सहयोगमा ५८ जिल्लामा ३२ हजार सामुदायिक संस्था गठन भएका छन भने ९ लाख गरीव घरपरिवार कोषका कार्यक्रमबाट लाभान्वित भएका छन् ।

यस्तै बैंकका प्रबन्ध संचालक उप्रेतीले कोषसंग भएको समझदारीले सहकारी मार्फत गरिवी निवारणको राष्ट्रिय लक्ष्य प्राप्तिमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

बैंकले गरिवी निवारण कोषले सहयोग गरेका सहकारी संस्थाहरुको एक्लै वा संयुक्त रुपमा अनुगमन गरी सहकारी संस्थाहरु र कोषलाई आवश्यकता अनुसार सल्लाह सुझाव दिनेछ भने नयाँ सहकारीहरुलाई आवश्यकता अनुसार संस्थागत क्षमता विकासका लागि तयार भएका सामाग्रीहरु उपलब्ध गराउने तथा आवश्यक सहयोग गर्नेछ ।

सहमती अन्तर्गत कार्यक्रमहरु संचालित गर्नको लागि जिम्मेवारीको बाडँफाँड, स्रोत परिचालन वित्तीय समावेशीकरणमा पहुँच अभिबृद्धि लगायत अन्य विषयबस्तुहरुमा आवश्यकता अनुसार दुवै पक्षको सहकार्यमा कार्यविधि तथा पद्धती निमार्ण गरिनेछ ।

सहकारी बैंक अन्तर्गत करिव १० हजार सहकारी संघ संस्थाहरु सदस्यको रुपमा आवद्ध छन् । सहकारी संघ संस्थाहरुको वित्तिय आवश्यकता परिपूर्तिका लागि सहकारी विभागमा २०६० सालमा दर्ता भई नेपाल राष्ट्र बैंकको स्वीकृती समेत लिई यो बैंक सहकारी क्षेत्रको एकमात्र बैंकको रुपमा काम गर्दै आएको छ । हाल ४१ शाखा कार्यलय तथा १ केन्द्रीय कार्यालय गरी ४२ वटा कार्यालय मार्फत सेवा पु¥याउदै आएको यस बैंकको १४ अर्व भन्दा बढी निक्षेप संकलन तथा ९ अर्व भन्दा बढी कर्जा लगानी गरेको छ ।

यसैगरी गरिवी निवारण कोषले ३२०९९ सामुदायिक संस्थाहरुलाई १४.५० अर्व रुपैँया लगानी गरेको छ । नेपालका झण्डै ९ लाख ६० हजार घरधुरीका ४० लाख जनसंख्यालाई कोषले प्रत्यक्ष सहयोग पुर्याउदै आएको छ ।

Share News