ज्योति विकास बैंकको भरतपुर शाखा स्थानान्तरण

<p>काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको चितवनको भरतपुर शाखा कार्यालय पारस बसपार्क भरतपुरबाट हाकिमचोकमा स्थानान्तरण भएको छ । बुधबार बैंकद्धारा आयोजित एक कार्यक्रममा उक्त शाखाको स्थानान्तरण गरी औपचारिक रुपमा नँया स्थानबाट कारोबार संचालनमा ल्याइएको छ । उक्त शाखाको शुभारम्भ बैंकका संचलकहरु छत्रमान श्रेष्ठ, धु्रव कोइराला र जगदीश्वरप्रसाद अधिकारीले संयुक्त रुपमा गरेका हुन् । उक्त बैंकले [&hellip;]</p>

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको चितवनको भरतपुर शाखा कार्यालय पारस बसपार्क भरतपुरबाट हाकिमचोकमा स्थानान्तरण भएको छ । बुधबार बैंकद्धारा आयोजित एक कार्यक्रममा उक्त शाखाको स्थानान्तरण गरी औपचारिक रुपमा नँया स्थानबाट कारोबार संचालनमा ल्याइएको छ ।

उक्त शाखाको शुभारम्भ बैंकका संचलकहरु छत्रमान श्रेष्ठ, धु्रव कोइराला र जगदीश्वरप्रसाद अधिकारीले संयुक्त रुपमा गरेका हुन् । उक्त बैंकले यही कात्तिक २७ र २८ गते मकवानपुर जिल्लाको बागमती गाउँपालिका फापरबारी र हेटौडा बजारमा नयाँ शाखा कार्यालय स्थापना गरी औपचारिक रुपमा संचालनमा ल्याएको थियो ।

हाल विकास बैंकले ४६ वटा शाखा कार्यालय तथा १४ वटा एटिएम मार्फत विभिन्न निक्षेप योजना तथा कर्जा सुविधा सहित एविविएस, आश्वा लगायतका सम्पुर्ण आधुनिक बैकिंङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Share News