काठमाडौं । लक्ष्मी बैंक र भारतको एक्सिस बैंक बीच रेमिट्यान्स सम्झौता भएको छ । मंगलबार सम्पन्न उक्त सम्झौता अन्तर्गत एक्सिस बैंक मार्फत पठाइएको रकम नेपाल स्थित लक्ष्मी बैंकको जुन सुकै शाखाबाट नगद भुक्तानी लिने सकिने छ । साथै, खातामा सोझै रकमान्तरको माध्यमबाट रेमिटान्स प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
सो सम्झौता पश्चात भारतमा रहेका नेपालीहरुले आफनो संचित रकम सजिलै र सुरक्षित तरिकाले नेपाल पठाउन सक्नेछन् ।
त्यसैगरी, लक्ष्मी बैंकबाट सर्वसाधारणहरुले वैंकको जुनसुकै शाखाबाट प्रिपेड कार्ड मार्फत आफुले चाहेको १६ प्रकारका विदेशी मुद्रामा प्रिपेड कार्ड सटही गर्न सक्ने व्यवस्था गरिएको छ ।
सो सम्झौतामा लक्ष्मी बैंकको तर्फबाट बैकका नायब प्रमुख कार्यकारी अधिकृत अजयबिक्रम शाहले र भारत स्थित एक्सिस बैंकका तर्फबाट अशोक गौतम, एज्क्यिूटिभ भि.पी वित्तिय संस्था समूह र निरज सिन्हा, सिनियर भि.पी. अन्तराष्ट्रिय रिटेलले काठमाडौमा एक कार्यक्रमका बीच हस्ताक्षर गरेका हुन् ।