माछापुच्छ्रे बैंकले कृषि तथा महिला उद्यमीलाई बिना धितो कर्जा प्रवाह गर्ने

<p>काठमाडौं । माछापुच्छ्रे बैंकले सक्षम एक्सेस् टु फाईनान्स परियोजना अन्तर्गत दाङ्गका कृषि तथा महिला उद्यमीलाई बिना धितो कर्जा प्रवाह गर्ने भएको छ । बैंकले मंगलबार यूकेएडद्धारा संचालित उक्त परियोजना अन्तर्गत धितो बिना नै कर्जा प्रवाह गर्न हेफर इन्टरनेसनल नेपालसँग सम्झौता गरेको हो । उक्त सम्झौता पछि बैंकले हेफर इन्टरनेसनल नेपालको सहकार्यमा लमही दाङ्गका चारवटा विभिन्न [&hellip;]</p>

काठमाडौं । माछापुच्छ्रे बैंकले सक्षम एक्सेस् टु फाईनान्स परियोजना अन्तर्गत दाङ्गका कृषि तथा महिला उद्यमीलाई बिना धितो कर्जा प्रवाह गर्ने भएको छ । बैंकले मंगलबार यूकेएडद्धारा संचालित उक्त परियोजना अन्तर्गत धितो बिना नै कर्जा प्रवाह गर्न हेफर इन्टरनेसनल नेपालसँग सम्झौता गरेको हो ।

उक्त सम्झौता पछि बैंकले हेफर इन्टरनेसनल नेपालको सहकार्यमा लमही दाङ्गका चारवटा विभिन्न सहकारी संस्थामार्फत कर्जा प्रदान गर्ने छ । विपन्न परिवारलाई स्वरोजगार बनाउने उद्देश्यले संचालन हुने उक्त कार्यक्रमले कृषक तथा महिलाहरुको जीवन स्तरमा सुधार ल्याउने बैंकले जनाएको छ ।

हालसम्म बैंकले आफना् ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ७ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ७३ स्थानबाट ग्राहकहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा दिइरहेको छ ।

Share News