कैलाश विकास बैंकको ४०औँ शाखा दाङ्गको लमहीमा, थप तीन शाखा संचालन गर्दै

<p>काठमाडौं । कैलाश विकास बैंक लिमिटेडले आफ्नो ४०औँ शाखा दाङ्गको लमहीमा स्थापना गरेको छ । उक्त शाखाको स्थापना गरी बैंकले कात्तिक २७ गतेदेखि कारोबार शरु गरेको छ । उक्त शाखाको शुभारम्भ बैकका संचालक सुनिल नारायण श्रेष्ठले सोमबार एक समारोहकाबीच गरेका हुन् । यस नयाँ शाखा सहित बैंकको शाखा संख्या ४० पुगेका छन् भने एटीएम संख्या [&hellip;]</p>

काठमाडौं । कैलाश विकास बैंक लिमिटेडले आफ्नो ४०औँ शाखा दाङ्गको लमहीमा स्थापना गरेको छ । उक्त शाखाको स्थापना गरी बैंकले कात्तिक २७ गतेदेखि कारोबार शरु गरेको छ । उक्त शाखाको शुभारम्भ बैकका संचालक सुनिल नारायण श्रेष्ठले सोमबार एक समारोहकाबीच गरेका हुन् ।

यस नयाँ शाखा सहित बैंकको शाखा संख्या ४० पुगेका छन् भने एटीएम संख्या २० पुगेका छन् । बैंकले निकट भविश्यमा सुनसरी जिल्लाको इटहरी, कैलाली जिल्लाको धनगढी र रुपन्देही जिल्लाको भैरहवामा गरी थप तीन शाखाहरु संचालन गर्ने तयारी गरिरहेको जनाएको छ ।

हाल बैंकको चुक्ता पूँजी २ अर्ब २९ करोड रुपैयाँ रहेको छ । उक्त पूजीँमा १० प्रतिशतका दरले बोनस सेयर पश्चात संस्थाको चुक्ता पुंजी रु.२ अर्ब ५२ करोड रुपैयाँ पुग्ने बैंकले जनाएको छ । यस संस्थाले हाल सम्म१८ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गरी १६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले जनाएको छ ।

Share News