डिभोर्स गरिएकी श्रीमती लिएर गुरुप्रसाद न्यौपाने लण्डन पुगे

<p>काठमाडौं । सम्बन्ध विच्छेद (डिभोर्स) गरेको भनिएकी श्रीमती सावित्रादेवी न्यौपानेलाई लिएर गुरुप्रसाद न्यौपाने वेलायत पुगेका छन् । व्यवसाय र पारिवारिक घुमघामका लागि वेलायतमा रहेका उनले फेसवुकमार्फत सार्वजनिक गरेका छन् । जनता बैंकको सञ्चालक हुदा अवैधरुपमा किनेको साधारण सेयरलाई वैधता दिन सावित्रादेवीसंग सम्बन्ध विच्छेद गरेको झुटा विवरण बनाएपछि गुरु न्यौपाने विवादमा तानिएपछि उनी वेलायत गएका हुन् [&hellip;]</p>

काठमाडौं । सम्बन्ध विच्छेद (डिभोर्स) गरेको भनिएकी श्रीमती सावित्रादेवी न्यौपानेलाई लिएर गुरुप्रसाद न्यौपाने वेलायत पुगेका छन् ।
व्यवसाय र पारिवारिक घुमघामका लागि वेलायतमा रहेका उनले फेसवुकमार्फत सार्वजनिक गरेका छन् ।

जनता बैंकको सञ्चालक हुदा अवैधरुपमा किनेको साधारण सेयरलाई वैधता दिन सावित्रादेवीसंग सम्बन्ध विच्छेद गरेको झुटा विवरण बनाएपछि गुरु न्यौपाने विवादमा तानिएपछि उनी वेलायत गएका हुन् ।
नेपाल राष्ट्र बैंकलाई उनले सावित्रादेवी आफनो श्रीमती नभएको र उनलाई आफुले नचिन्ने बयान दिएका थिए । जनता बैंकको सञ्चालक हुदा भित्रभित्रै श्रीमती सावित्राको नाममा सेयर किनेको उजुरी परेपछि नेपाल राष्ट्र बैंकले स्पष्टिकरण माग गर्दा उनले सावित्रा श्रीमति नभएको र आफुले उनलाई नचिनेको जानकारी गराएका थिए । संस्थापक सेयरधनी गुरुको श्रीमति सावित्रादेवी हुन भन्ने रेकर्ड बैंकमा छ ।

आफनी श्रीमतिलाई हैन र चिन्दिन भनेर झुठा विवरण पेश गरेपछि कानून विपरित श्रीमतीको नाममा खरिद गरिएको साधारण जफत गर्न जनता बैंक व्यवस्थापनलाई निर्देशन दिएको थियो । बैंकको सञ्चालक हुदा र सञ्चालकबाट हटेको १ वर्षसम्म सोही बैंकको सेयर परिवारका कुनै पनि सदस्यको नाममा खरिद गर्न नपाउने व्यवस्था विपरित उनले श्रीमती सावित्रादेवीको नाममा जनताको सेयर खरिद गरेका थिए । सावित्रादेवीको नाममा रहेको सेयर पछि बोनस र हकप्रद गरी ८५ हजार १ कित्ता पुगेको थियो ।

यता उच्च अदालत पाटनले प्रारम्भीक सुनुवाई गर्दै तत्कालका लागि सेयर लिलालीको काम यथास्थानमा राख्न आदेश दिएको छ । अदालतको आदेशपछि धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक काठमाडौं क्यापिटल मार्केट्स लिमिटेडले अर्को सुचना प्रकाशित नभएसम्मका लागि सेयर लिलामी रोकिएको जानकारी दिएको छ । प्रति सेयर १ सय रुपैयाँ अंकित मूल्य रहेको सेयर बिक्री गर्दा हालको बजार मूल्यअनुसार २ करोड १९ लाख रुपैयाँ हुन्छ ।

Share News