काठमाडौं । एनआईसी एशिया बैंकले २ नयाँ शाखाहरु जुम्ला र बर्दिबासमा सञ्चालन गरेको छ । बैंकले आइतबार एक समारोहका बिच उक्त दुई शाखाको उद्घाटन गरेको हो ।
जुम्ला शाखाको उद्घाटन जुम्लाको उद्योग बाणिज्य सघंका अध्यक्ष रामदत्त रावलले र बर्दिबास शाखाको उद्घाटन महोत्तरीको उद्योग बाणिज्य सघंका अध्यक्ष प्रल्हाद क्षेत्रीले गरेका हुन् ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।