
काठमाडौं । कर्मचारी सञ्चय कोषको प्रशासकका लागि ६ जनाले आवेदन दिएका छन् । अर्थ मन्त्रालयलले गठन गरेको शिफारिश समितिले आवेदन बुझाउने अन्तिम मिति गत बिहीबार तोकिएको थियो ।
अन्तिम दिनसम्म प्रशासनकका लागि आवेदन दिनेमा कोषका कामु प्रशासक दीपक रौनियार, राजेन्द्र काफ्ले, जितेन्द्र धिताल, जीवनकुमार कटुवाल, लक्ष्मीप्रसाल श्रेष्ठ र सिआर पन्तले आवेदन दिएका छन् । रौनियारले जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएर काम गरिसकेका छन् ।