काठमाडौं । एनआईसी एशिया बैंकको थप २ नयाँ शाखाहरु दार्चुला र ओखलढुङ्गामा विस्तार भएको छ । बैंकले शुक्रबार एक समारोहका बिच उक्त दुई शाखाको उद्घाटन गरेको हो ।

दार्चुलाको शाखाको उद्घाटन महाकाली नगरपालिकाका मेयर हंसराज भट्टले र ओखलढुङ्गा शाखाको उद्घाटन ओखलढुङ्गा जिल्ला उद्योग बाणिज्य सघंका अध्यक्ष ज्ञानेन्द्र कुमार मास्केले गरेका हुन् ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।