काठमाडौं । एनआईसी एशिया बैंकको थप दुई नयाँ शाखाहरु जोशीपुर र जाजरकोटमा विस्तार भएको छ । मंगलबार बैंकले एक समारोहकाबीच उक्त दुई शाखाको उद्घाटन गरेको छ ।

जोशीपुर शाखाको उद्घाटन गाउँपालिकाका कार्यकारी अधिकृत नारायण बहादुर बिष्ट तथा अध्यक्ष रामकृष्ण चौधरीले समग्र रुपमा गरेका हुन् । त्यसैगरी भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले जाजरकोट शाखाको उद्घाटन गरेका हुन् ।
साथै, बैंकले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।