काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६६औं शाखा महोत्तरीको औरहीमा संचालनमा ल्याएको छ । मंगलबार यस बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले बैंकिङ्ग कारोबारको सुरुवात गरेका हुन् ।

हाल यस बैंकको ६६ वटा शाखा, ६२ वटा एटिएम काउन्टर र ९७ वटा शाखा रहित आधुनिक बैंकिङ्ग सेवाहरुबाट करिव ३ लाख ५० हजार ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
उक्त समारोहमा सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बैंकले प्रसाद सिंह उच्च माध्यमिक विद्यालयलाई २ थान कम्प्यूटर सहयोग स्वरुप हस्तान्तरण गरेको छ । उक्त हस्तान्तरण बैंकका सहायक प्रमुखकार्यकारी अधिकृत बोधराज देवकोटा र औरही नगरपालीकाका मेयर सुनिल यादवले संयुक्त रूपमा गरेका छन् ।