काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६५औं शाखा झापाको हल्दिबारीमा संचालनमा ल्याएको छ । यस बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले सोमबार उक्त शाखाको उद्घाटन बैंकिङ्ग कारोवारको सुरुवात गरेका छन् ।

बैंकले हालसम्म ६५ वटा शाखा, ६२ वटा ए.टि.एम. काउन्टर र ९७ वटा शाखारहित आधुनिक बैंकिङ्ग सेवाहरुबाट करिब ३ लाख ५० हजार ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।
साथै, बैंकले आफ्नो ग्राहकवर्गहरुलाई रेमिट्यान्स सेवा, ड्राफ्ट, भिसा ए.टि.एम. कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु दिँदै आएको छ ।