प्याराडाइस पेपर्सको नयाँ खुलासा, वेलायतकी महारानी पनि करछलीमा संलग्न

<p>काठमाडौं । वेलायती महारानी एलिजावेथले पनि कर छलेको खुलासा भएको छ । सोमबार ठूलो संख्यामा सार्वजनिक गरिएका आर्थिक दस्तावेजहरुले विश्वका चर्चित धनाढ्य र नेताहरुका साथै बेलायतकी महारानीसम्मले कर छलीका लागि गोप्य रुपमा लगानी गरेको खुलासा भएको छ । पानामा पेपर्सपछि भएको दोस्रो ठूलो खुलासा हो । प्याराडाइस पेपर्सले संसारभरका १०० भन्दा बढी मिडिया आवद्ध भएको [&hellip;]</p>

काठमाडौं । वेलायती महारानी एलिजावेथले पनि कर छलेको खुलासा भएको छ । सोमबार ठूलो संख्यामा सार्वजनिक गरिएका आर्थिक दस्तावेजहरुले विश्वका चर्चित धनाढ्य र नेताहरुका साथै बेलायतकी महारानीसम्मले कर छलीका लागि गोप्य रुपमा लगानी गरेको खुलासा भएको छ ।

पानामा पेपर्सपछि भएको दोस्रो ठूलो खुलासा हो । प्याराडाइस पेपर्सले संसारभरका १०० भन्दा बढी मिडिया आवद्ध भएको ‘अन्तर्रा्ष्ट्रिय कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्ना्लिष्ट’ (आईसीएफजे) एक वर्ष लगाएर गरेको अनुसन्धानले यस्तो खुलासा गरेको हो ।
बेलायतकी महारानीको करोडौं बेलायती पाउण्ड केमन आइल्याण्डको फण्डमा लगानी गरिएको खुलेको छ । ट्वीटर र फेसबुकमा अरबौं डलरको रसियाको लगानी भएको प्याराडाइजले देखाएको छ ।

कर छलीमा प्रयोग गरिएको केमन आइल्याण्डको ट्रष्टलाई संचालन गर्न क्यानेडाका प्रधानमन्त्री जष्टिन ट्रुड्युका नजिकका व्यक्तिको संलग्नता । कर छलीमा नाइक र एप्पल जस्ता कम्पनीको पनि नाम रहेको छ । यस्तै दुई रसियन धनाढ्यले आर्सनल र एभर्टन फुटबल क्लब किन्न अफसोर लगानीको प्रयोग गरेको पाइएको छ ।

सार्वजनिक भएका कागजपत्रको अनुशन्धान गरेर रिपोर्ट तयार पार्न विश्वभरका ३८० पत्रकारले वर्ष दिन लगाएर ७० वर्षको तथ्यांकहरुको अध्ययन गरेका थिए ।

पानामा पेपर्सले पनि धेरैको विदेशमा लगानी भएको खुलाएको थियो । पानामाका कारण पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफले प्रधानमन्त्री पदबाट राजिनामा दिएका छन् ।

 

Share News