
काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिकाको तर्केनीवशीमा बोलेरो जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । बा ७ च ३६९५ बोलेरो जीप दुर्घटना हुदा पिक्कलका चारजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मध्यपहाडी लोकमार्गबाट ग्रामीण सडक हुदै गन्तव्यतर्फ जादै गरेको अवस्थामा कच्चि सडकमा ब्रेक फेलभई दुर्घटना भएको थियो ।
दुर्घटनामा ४० वर्षीय अमरबहादुर दर्लामी, अन्दाजी सोही उमेरका रामप्रसाद बराल, ५९ वर्षीय दिलबहादुर र ६० वर्षीय नरबहादुर बलमपाखीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका ४१ वर्षीय धनबहादुर मगरको राजधानीस्थित विएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।
जिपमा सवार सामान्य घाइते ६ जनाको गोलन्जोर गाउपालिका खुर्कोट अस्पतालमा उपचार भइरहेको छ । सोही ठाउका चालक यज्ञबहादुर रानामगरलाई प्रहरीले नियन्त्रणमा छन् ।