अख्तियारले ट्रान्सफरमर काण्ड व्यूँत्यायो, पूर्वमुख्यसचिवदेखि सचिवसम्म तानिए

<p>काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहुचर्चित ट्रान्सफर्मर काण्ड पुनःव्यूँत्याएको छ । ट्रान्सफरमर खरिदमा अनियमितता भएको भन्दै अख्तियारले केही पूर्व मुख्यसचिव र सचिवसंग बयान लिएको छ । तत्कालिन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको पालामा उठेको मुद्धाले तत्कालिन नेपाल विद्युत प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक रामेश्वर यादवलगायत ३२ जना जेल गएका थिए । मुद्दा चलेर रोकिएका फाइलमाथि अख्तियारले [&hellip;]</p>

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहुचर्चित ट्रान्सफर्मर काण्ड पुनःव्यूँत्याएको छ । ट्रान्सफरमर खरिदमा अनियमितता भएको भन्दै अख्तियारले केही पूर्व मुख्यसचिव र सचिवसंग बयान लिएको छ ।

तत्कालिन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको पालामा उठेको मुद्धाले तत्कालिन नेपाल विद्युत प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक रामेश्वर यादवलगायत ३२ जना जेल गएका थिए । मुद्दा चलेर रोकिएका फाइलमाथि अख्तियारले फेरि छानबिन थालेको हो ।
अख्तियारले आईतबार पूर्व–मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीसहित पुर्वसचिव विश्वप्रकाश पण्डित र वहालवाला सचिव अर्जुनकुमार कार्कीसंग बयान लिएको छ ।

पूर्वमुख्यसचिव क्षेत्रीले अख्तियारमा गएर बयान दिएको बताए । विकासन्युजसंग कुरा गर्दे भने “अख्तियारको वयान लिने निर्णय नै हास्यपद छ । मलार्इ वदनाम गराउन वयान लिएको हो ।”

हुवइ सनलाइट कम्पनीको गुणस्तरहीन ट्रान्सफरम भेटिएपछि फिर्ता गराउन आर्विटेसन गठन गरेको उनले जानकारी दिए । त्यसबेला अदालतले नै गुणस्तरहिन ट्रान्सफरम फिर्ता गरेर नयाँ ल्याउन आदेश दिएको बताउदै उनले सोही अधारमा मध्यस्ततामार्फ सल्टाएको जिकिर गरे । मध्यस्थकर्ता पूर्वअख्तियारका प्रमुख सूर्यनाथ उपाध्याय थिए ।

०६७०/६८ सालमा ट्रान्सफरमर खरिद भएको र आफू २०७१ पछि मात्र ऊर्जा मन्त्रालयमा सचिव भएको उनले बताए । अख्तियारले प्रतिशोध साँध्न बोलाएको हुन सक्ने उनको भनाई छ । सचिव क्षेत्र अख्तियारमा सचिव भएर काम गरेका थिए । गुणस्तरही ट्रान्सफर खरिदको मुद्धा चलिरहेका बेला गैरकानूनी रुपमा सल्टाउन मध्यस्थतता (आर्विटेसन) गठन गरेर राज्यलाई नोक्सानी पुर्याएको अख्तियारको दावी छ ।

मुख्यसचिव क्षेत्री, पण्डित र कार्की ऊर्जा मन्त्रालयका सचिवका रुपमा काम गरेका थिए । कार्की २ पटक विद्युत प्राधिकरणका कार्यकारी निर्देशक समेत भएका थिए । कार्कीको पालामा भारतीय कम्पनी एसभीआरबाट खरिद भएको ट्रान्सफर्मरमा भएको अनियमितता छानविन भएको छैन् ।

पूर्वआईजीपी अर्यालसंग पनि बयान

यस्तै गैरकानूनी सम्पति आर्जन गरेको अभियोगमा अख्तियारले पूर्व–प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसंग आइतबार बयान लिएको छ । आइतबार बयान लिएपछि अर्याललाई १३ पाने समेत भराएको छ ।

 

 

Share News