काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो नयाँ शाखा भोजपुरको चेङ्गवेनी चौकमा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन शुक्रबार एक समारोहका बीच भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेले गरेका हुन् ।

भोजपुर शाखाको उद्घाटनसँगै हाल यस बैंकले १३३ शाखा कार्यालयहरु र १४१ एटिएम काउन्टरबाट ग्राहकहरुमा सेवा प्रदान गर्दै आईरहेको छ ।
साथै, बैंकले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना गरेको छ ।