गोरखा । गोरखा क्षेत्र नं.२ को प्रतिनिधिसभा सदस्य उमेद्वार नारायणकाजी श्रेष्ठले गोरखालाई समृद्ध र बिकसित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । गोरखाको निर्वाचन क्षेत्र नं. २ को सिरान चौक गाउ“पालिका वडा नं. ७ अर्कूलस्थित मंगलबार प्रदेशसभा निर्वाचन कार्यालयको उद्घाटन गर्दै श्रेष्ठले कुनै विचार र प्रस्ट सिद्धान्त नभएका बाबुराम भट्टराईलाई चुनावमा भोट नहाल्न समेत मतदातालाई आग्रह गरे ।
भट्टराईको अब कुनैपनि बिकल्प नभएकाले मनि (पैसा ) र मसल (गुण्डा) प्रयोग गर्नसक्ने भएकाले सजग हुन पनि स्थानीय बासिलाई सचेत गराए । “हाम्रो जित सुनिश्चित छ, हाम्रो जित्ने आधार स्पस्ट भएकाले जनताले त्यसको मुल्याङ्गन गर्नेछन् ,जनता मूर्ख छैनन् जनतालाई झुुक्याउनुपर्दैन” उनले भने ।
श्रेष्ठले अबको तीन महिनामा बाम गठबन्धनको सरकार बनाउने पनि बताए । कहिले कुुन पार्टी त कहिले कुुन पार्टी चाहार्दै हिंड्ने बिचार र सिद्धान्त नभएका बाबुरामले जितिहाले पनि व्यक्ति एक्लैले अव केही गर्न नसक्ने श्रेष्ठ भनाई छ ।
सोही कार्यक्रममा पूर्व मन्त्री हितराज पाण्डेले बामपन्थीको सरकार आवश्यक रहेकाले समृद्धिकालागि पनि नारायणकाजीलाई जिताउनैपर्ने बताए । सोही कार्यक्रममा नया“ शक्ति तथा नेपाली कांग्रेस छोडेर बामगठबन्धनमा कही युवाहरु प्रवेश गरेका छन् ।
मंगलबारनै सिरानचौक गाउ“पालिका र अजिरकोट गाउँपालिकाको घरदैलो कार्यक्रममा श्रेष्ठले भारतको पाउ मोल्ने अनि देशलाई समेत बर्वादीतर्फ धकेल्ने बाबुरामलाई भोट नदिन मतदातालाई अनुरोध गरे ।