नेप्से, सिडिएस, मर्चेण्ट बैंकर र ब्रोकरले कम्प्लाएन्स रिपोर्ट ६/६ महिनामा धितोपत्र बोर्डमा बुझाउनु पर्ने

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से), सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड(सिडिएस), मर्चेण्ट बैङ्कर्स र धितोपत्र दलाल व्यवसायीलाई संस्थागत सुशासनभित्र रहेर काम गर्न निर्देशन दिएको छ । बोर्डले नेप्से, सीडीएस, मर्चेन्ट बैङ्कर्स र धितोपत्र दलाल व्यवसायीलाई आर्थिक कारोबारको पूर्ण विवरण ६/६ महिनामा पेस गर्न निर्देशन दिएको छ । उक्त संस्थाहरुको संस्थागत सुशासनलाई अझ प्रभावकारी [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से), सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड(सिडिएस), मर्चेण्ट बैङ्कर्स र धितोपत्र दलाल व्यवसायीलाई संस्थागत सुशासनभित्र रहेर काम गर्न निर्देशन दिएको छ । बोर्डले नेप्से, सीडीएस, मर्चेन्ट बैङ्कर्स र धितोपत्र दलाल व्यवसायीलाई आर्थिक कारोबारको पूर्ण विवरण ६/६ महिनामा पेस गर्न निर्देशन दिएको छ ।

उक्त संस्थाहरुको संस्थागत सुशासनलाई अझ प्रभावकारी बनाउने उद्देश्यले नियम परिपालनाको अवस्थालाई थप सुदृढ बनाउन सो निर्देशन जारी गरेको बोडद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

बोर्डको निर्देशन अनुसार नेप्से, सिडिएस, धितोपत्र दलाल व्यवसायी, मर्चेन्ट बैंकरले अर्धवार्षिक रुपमा लेखापरीक्षकबाट प्रमाणित नियम परिपालना प्रतिवेदन (कम्प्लाएन्स रिपोर्ट) बोर्डमा पेश गर्नुपर्ने भएको छ ।

धितोपत्र सम्बन्धी ऐन र सो अन्र्तगत बनेका नियम, विनियम र निर्देशनहरुमा उल्लेखित संस्थाहरुको काम कारवाहीलाई व्यवस्थित तथा पारदर्शी बनाई संस्थागत सुशासन कायम गर्न विभिन्न व्यवस्थाहरु गरिएका छन् ।

यस व्यवस्थाबाट धितोपत्रबजार, धितोपत्र दलाल व्यवसायी तथा मर्चेन्ट बैकरको नियम परिपालनाको अवस्थामा सुधार भई उक्त संस्थाहरुको सेवा प्रवाह व्यवस्थित, अनुशासित एवं पारदर्शी हुनु गई समग्र धितोपत्रबजार थप सुदृढ हुने बोर्डको अपेक्षा रहेको छ ।

 

Share News