काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी र जनता बैंक नेपालबीच बैंकासुरेन्स सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा एशियन लाईफको प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र जनता बैंकको प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका हुन् ।

यस मार्फत बैंकका ग्राहकलाई जीवन बीमा कम्पनीले प्रचलनमा ल्याएका बीमा योजनाहरु खरिद गर्न सजिलो हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस सम्झौता मार्फत एशियन लाईफका बीमा योेजनाहरु तथा बीमा सेवाहरु सजिलैसँग जनता बैंक नेपालका सम्पूर्ण शाखाबाट समेत लिन सकिने छ ।
एशियन लाईफको हाल ७२ वटा उपाशाखा तथा २३ वटा शाखा कार्यालयहरु रहेका छन् ।