प्रभु बैंकको थप दुई शाखा कैलाली र पाँचथरमा

<p>काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो थप दुई शाखा कैलाली र पाँचथर जिल्लामा विस्तार गरेको छ । बैंकले शुक्रबार मात्रै कैलाली जिल्लाको बौनिया र पाँचथर जिल्लाको फिदिममा गरी २ वटा शाखाहरु सञ्चालनमा ल्याएको हो । उक्त शाखाहरुको उद्घाटन क्रमश नेपाल राष्ट्र बैंक धनगढी क्षेत्रका मुख्य व्यवस्थापक धनन्जय शर्मा तथा फिदिम नगरपालिकाका नगर प्रमुख ओनाहाग नेम्वाङले [&hellip;]</p>

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो थप दुई शाखा कैलाली र पाँचथर जिल्लामा विस्तार गरेको छ । बैंकले शुक्रबार मात्रै कैलाली जिल्लाको बौनिया र पाँचथर जिल्लाको फिदिममा गरी २ वटा शाखाहरु सञ्चालनमा ल्याएको हो ।

उक्त शाखाहरुको उद्घाटन क्रमश नेपाल राष्ट्र बैंक धनगढी क्षेत्रका मुख्य व्यवस्थापक धनन्जय शर्मा तथा फिदिम नगरपालिकाका नगर प्रमुख ओनाहाग नेम्वाङले गरेका हुन् । उक्त कार्यक्रममा स्थानिय कार्यालय प्रमुखहरु त्था व्यापारी एवं उद्योगीहरुको उपस्थिति रहेको थियो ।

बैंकले असोज मसान्तसम्म ८३ अर्ब रुपैयाँ निक्षेप संकलन ६३ अर्ब रुपैयाँ बराबर रकम लगानी गरेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । १४० वटा शाखाहरु मार्फत सेवा पुरयाई रहेको बैंकले निकट भविष्यमै अन्य केही शाखाहरु खोल्ने बताएको छ ।

Share News