सिन्धुलीगढीको २५० औं विजयोत्सव मनाउने तयारी

<p>काठमाडौं । इस्टइन्डिया कम्पनीबिरुद्ध गोर्खाली फौजले विजय प्राप्त गरेको एतिहासिक २५० औँ विजयोत्सव भब्यरुपमा मनाइने भएको छ । समृद्ध सिन्धुली अभियानद्वारा सोमबार सिन्धुलीमाढीमा आयोजित छलफलमा कात्तिक २४ गते नेपालीले विजय हासिल गरेको दिने उत्सवको रुपमा मनाइने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सिन्धुलीगढीको ऐतिहासिक तथा पर्यटकीय महत्वमाथि चर्चा गर्दै पर्यटकीय केन्द्रको रुपमा [&hellip;]</p>

काठमाडौं । इस्टइन्डिया कम्पनीबिरुद्ध गोर्खाली फौजले विजय प्राप्त गरेको एतिहासिक २५० औँ विजयोत्सव भब्यरुपमा मनाइने भएको छ ।
समृद्ध सिन्धुली अभियानद्वारा सोमबार सिन्धुलीमाढीमा आयोजित छलफलमा कात्तिक २४ गते नेपालीले विजय हासिल गरेको दिने उत्सवको रुपमा मनाइने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सिन्धुलीगढीको ऐतिहासिक तथा पर्यटकीय महत्वमाथि चर्चा गर्दै पर्यटकीय केन्द्रको रुपमा गढीलाई विकास गर्न सबैको सहयोग आवश्यक हुने बताए ।‘राइड टु सिन्धुलीगढी’ साइकल यात्राले सिन्धुलीको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने चर्चा गर्दै सिन्धुलीगढीको प्रवद्र्धनले जिल्लावासीको आर्थिक समृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कमलामाई नगरपालिका प्रमुख खड्गबहादुर खत्रीले सिन्धुलीगढीको गुरुयोजना बनाउने आफ्नो पहिलो कार्ययोजना भएको चर्चा गर्दै गढी प्रवेशलाई व्यवस्थित गरिने बताए । यसैगरी, नेपाली सेना ९ नम्बर बाहिनीपति सुरेशकुमार कार्कीले २५० औँ विजयोत्सवलाई विशेष महत्वको बनाउन नेपाली सेनाको तर्फबाट तयारी थालेको जानकारी दिए ।

उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष अमरेशचन्द्र बैदारले सिन्धुलीमाढीमा हुने विजयोत्सव साङ्गीतिक साँझको तयारीबारे जानकारी दिँदै साइकलयात्रीका साथै विजयोत्सवमा आउने पर्यटकलाई अविस्मरणीय सम्झनायुक्त साङ्गीतिक साँझ हुने बताए । समृद्ध सिन्धुली अभियानका अभियन्ता लीलानाथ घिमिरेले अभियानको बारेमा जानकारी दिदै सिन्धुलीगढी, जुनार र नागबेली सडकको प्रवद्र्धनले सिन्धुलीको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

यस्तै, अर्का अभियन्ता सौरभ ढकालले ‘राइड टु सिन्धुलीगढी’ साइकल यात्राको तयारीबारे जानकारी दिए । यसपटक साइकल यात्रीले काठमाडौँदेखि सिन्धुलीमाढीसम्म १५३ किलोमिटरको दुरी पूरा गर्नेछन् । यसपटक करिव २५० साइकल यात्री सहभागी हुने जनाइएको छ ।

 

 

 

Share News