दुध उत्पादन र बजारिकरणको आधारमा सरकारले किसानलाई अनुदान दिने

<p>काठमाडौं । पशु सेवा विभागले दुध उत्पादन तथा बजारीकरणका आधारमा पाइलट कार्यक्रमको आयोजना गरी कृषकलाई अनुदान दिने भएको छ । दुग्ध उत्पादक सदस्यलाई अनुदान कार्यक्रममा सहभागि हुन १५ दिनको सुचना प्रकाशन गरेको छ । सहकारीको मापदण्ड अनुसार दैनिक कम्तिमा ३०० लिटर दुध संकलन र वार्षिक कम्तिमा २०० दिनसम्म दुधको कारोबार गर्ने गरेको हुनुपर्ने छ । [&hellip;]</p>

काठमाडौं । पशु सेवा विभागले दुध उत्पादन तथा बजारीकरणका आधारमा पाइलट कार्यक्रमको आयोजना गरी कृषकलाई अनुदान दिने भएको छ ।

दुग्ध उत्पादक सदस्यलाई अनुदान कार्यक्रममा सहभागि हुन १५ दिनको सुचना प्रकाशन गरेको छ । सहकारीको मापदण्ड अनुसार दैनिक कम्तिमा ३०० लिटर दुध संकलन र वार्षिक कम्तिमा २०० दिनसम्म दुधको कारोबार गर्ने गरेको हुनुपर्ने छ ।

यस्तै दैनिक संकलित दुध दुग्ध उत्पादक सहकारी संस्था आफैले प्रशोधन गरी वा उद्योगलाई विक्री गरी दुध वा दुग्धजन्य पदार्थको बिक्रीवितरणको प्रवन्ध गरेको, गत वर्ष छनोटमा परी अनुदान प्राप्त गरेका सहकारी संस्थाहरुको हकमा कम्तिमा १० प्रतिशत दुध संकलन वृद्धि गरेको हुनुपर्ने विभागले जनाएको छ ।

 

Share News