काठमाडौं । अन्तत नेकपा (माओवादी) केन्द्रले सरकार छोड्ने भएको छ । माओवादीले सरकारबाट बाहिरएको औपचारिक घोषणाका लागि आज मंगलबार उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले दिउँसो १ बजे मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेका छन् । यस्तै गृहमन्त्री जनार्दन शर्माले पनि दिउसो २ बजे पत्रकार सम्मेलन गरेर जानकारी गराउदैछन् ।
माओवादीले नेकपा एमालेसंग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी मन्त्रीलाई हटाउन राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सरकारमा ल्याएपछि माओवादीलाई सरकार छाडन् थप दवाव सिर्जन भएको छ । गत शुक्रबार प्रधानमन्त्री देउवाले राप्रपाका अध्यक्ष कमल थापा उपप्रधानमन्त्रीसहित ८ जनालाई मन्त्रिपरिषद्मा थप गरेका थिए ।
माओवादीले नछाडे उक्त पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई बिनाविभागीय बनाउने देउवाको तयारीमा छन् । माओवादी मन्त्री हटेपछि मन्त्रीको संख्या पनि कम हुने छ ।