काठमाडौं । सानिमा बैंकको नवनिर्वाचित अध्यक्ष बिनयकुमार श्रेष्ठले सपथ ग्रहण गरेका छन् । नवनिर्वाचित अध्यक्षलाई सोमबार नेपाल राष्ट्र बैंकमा आयोजित एक समारोहका बीच का.मु.गभर्नर चिन्तामणि सिवाकोटीले सपथ ग्रहण गराएका हुन् ।

बैंकको हालै सम्पन्न १३औँ वार्षिक साधारण सभाले कम्पनीको अध्यक्षमा पुनः श्रेष्ठलाई सर्वसम्मत चयन गरेको हो ।
सपथ ग्रहण समारोमा नेपाल राष्ट्र बैंकका उच्चपदस्थ कर्मचारीहरु, सानिमा बैंकका सञ्चालकहरु तथा उच्च पदिय कर्मचारीहरुको उपस्थिति रहेको थियो ।