काठमाडौं । प्रणालीको क्षमता बढाउन नेपाल विद्युत प्राधिकरणले खानेपानी फिडर र धापासी फिडरबाट वितरित लाईनका विद्युत सेवा बन्द भएको छ । सोमबार र मंगदबार दिउँसो ११ः०० बजेदेखि ५ः०० बजेसम्म उक्त फिडरबाट विद्युत सेवा बन्द हुने भएको छ ।
महाराजगन्ज वितरण केन्द्र अन्तर्गत ११ केभी स्विचिङ्ग स्टेशनबाट खानेपानी , धापासीफिडरबाट वितरित ११ केभी लाइन नारायण गोपाल चोकसम्म धापासी फिडर अपग्रेडिङ कार्य गर्नुपर्ने भएकोले विद्युत सेवा बन्द गर्न लागिएको प्राधिकरणले जनाएको छ ।
खानेपानी फिडर अन्तर्गत टोखा रोडका सबै खानेपानी पम्पहरु, ग्राण्डी, गंगालाल, न्युरो हस्पिटल र बाँसवरी खानेपनीलगायतका यस फिडरबाट सप्लाई तथा धापासी फिडरका सामाखुशी चोक, टोखा रोड, टोखा बजारलगायत यस फिडरबाट सप्लाईमा विद्युत सेवा अवरुद्ध भएको छ ।