सरकारले चितवनबाट पर्सासम्म बाटो फराकिलो गर्ने

<p>काठमाडौं । पर्साको थोरीदेखि चितवनको नारायणगढसम्मको बाटो फराकिलो बन्ने भएको छ । सडक विभागले ६८ किलोमिटर लामो सडक खण्डको स्तरोन्नती गर्ने भएको हो । थोरी–भरतपुर सडक खण्ड स्तरोन्नतिका लागि सडक विभागले वातावरण प्रभाव मुल्याङ्कन (ईआइए) प्रतिवेदन तयार पारीसकेको छ । उक्त आयोजना पर्साको अउरियाबाट सुरु भई भरतपुरको हाकिमचोकमा गएर अन्त्य हुनेछ । आयोजनाको मुख्य संरचनाहरुमा [&hellip;]</p>

काठमाडौं । पर्साको थोरीदेखि चितवनको नारायणगढसम्मको बाटो फराकिलो बन्ने भएको छ । सडक विभागले ६८ किलोमिटर लामो सडक खण्डको स्तरोन्नती गर्ने भएको हो ।

थोरी–भरतपुर सडक खण्ड स्तरोन्नतिका लागि सडक विभागले वातावरण प्रभाव मुल्याङ्कन (ईआइए) प्रतिवेदन तयार पारीसकेको छ । उक्त आयोजना पर्साको अउरियाबाट सुरु भई भरतपुरको हाकिमचोकमा गएर अन्त्य हुनेछ ।

आयोजनाको मुख्य संरचनाहरुमा आयोजनाको डिजायन स्पीड १०० किलोमीटर प्रति घण्टा, सडकको स्ट्यान्डर्ड फिडर सडक, क्यारीजवेको चौंडाई ५.५ मीटर, साेल्डरको चौंडाई १.५ मी, फर्मेसनको चौंडाई ७.५–१० मीटर हुनेछ । साथै, ३ प्रतिशत भागमा कालापत्रे गर्ने भएको छ । त्यसैगरी, अधिकार क्षेत्र मध्य बिन्दुबाट दुबै तर्फ १५ किलोमीटरका दरले ३० मीटर कायम गरेको छ ।

यस आयोजनाबाट प्रभाव पर्न सक्ने क्षेत्र साविकको जगतपुर, पतिहानी, भरतपुर महानगरपालीका, साविकको गर्दी, अयोध्यापुरी, कल्याण्पुर, माडी नगरपालिका र साविकको थोरी गाउँपलीका रहेका छन् ।

 

Share News