काठमाडौं । नेशनल बैंकिङ्ग इन्ष्टिच्युट(एनबीआई) र लक्ष्मी बैंक बीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । जस अनुसार एनबीआईले लक्ष्मी बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।
यस सम्झौता अनुसार लक्ष्मी बैंकले नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबाट ५० लाख रुपैयाँ बराबर रकमको आफ्नो कर्मचारीहरुका लागि वार्षिक तालिम संचालन गराउने भएको छ ।
उक्त सम्झौतापत्रमा लक्ष्मी बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिंग तथा नेशनल बैंकिङ्ग इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाबीच हस्ताक्षर भएको छ ।